नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस बगायो

काठमाण्डौ  असार २८: नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।

काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका प्रमुख जिल्ला अधिकारी यादवले बताए । प्रजिअ यादवकाअनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.