जिल्ला स्तरीय बार्षिक समिक्षा सम्पन्न
बैतडी असार २६ : जिल्ला स्तरीय बार्षिक समिक्षा तथा जिल्ला सभा आज सम्पन्न भएको छ। जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थीत नगरपालिका र गाउँपालिकाका तथा जिल्ला स्थीत सरकारी कार्यालयहरुले यसबर्ष सम्पादन गरेका कार्यक्रमको बिषयमा जानकारी गराएका छन्।
कार्यालयहरुले चालु आर्थिक बर्ष २०८०र८१ मा भएको खर्च प्रगतीका बिषयमा पनि जानकारी गराएका छन्। समिक्षा कार्यक्रमका सहभागीहरुले विकास निर्माणमा भएको कमजोरीका बिषयमा प्रश्न गरेकोमा सम्बन्धीत कार्यालयका प्रमुखले जवाफ दिएका छन्।
समिक्षा कार्यक्रममा अधिकांश कार्यालयहरुले कर्मचारीको अभाव भएको बताएका छन्। जनसक्ति अभावमा कार्य सम्पादनमा समस्या भएको जिल्ला स्थीत कार्यालय प्रमुखहरुको गुनासो रहेको छ। विकासे कार्यालयहरुमा प्राविधिक कर्मचारी र लेखापालको अभाव रहेको उनिहरुको गुनासो छ भने, स्थानियतहमा समेत पुर्ण दरबन्दीको प्रमुख प्रसासकीय अधिकृत र लेखा कर्मचारीको अभाव रहेको बताइएको छ।
समिक्षा कार्यक्रमका सहभागीले सडक, सरकारी भवन, खानेपानी, बाटो लगायत निर्माणका हरेक योजनाहरुमा गुणस्तरियता कायम गर्नुपर्नेमा जोड दिएकाछन्।