बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको एटीम सेवासहित शाखा विस्तार

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका देहीमाण्डौंमा प्रभु बैंकले आफ्नो शाखा विस्तार गरेको छ । बुधबार जिल्लाको देहीमाण्डौं बजारमा प्रभु बैंकले आफ्नो सेवा विस्तार गरेको शाखा प्रबन्धक सुरेश बिष्टले बताए ।

बैंकले बुधबारदेखि एटीमसहित सबै बैंकिङ कारोबार सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बिष्टले जानकारी दिए । (क) वर्गको वाणिज्य बैंकको रुपमा रहेको प्रभु बैंकले बैतडीमा तीन सय तीन औं शाखा विस्तार गरेको हो ।

बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरेर बैंकले आफ्नो सेवा विस्तार गरेको बैंकले जनाएको छ । देहीमाण्डौंमा बैंक सञ्चालनमा आएपछि स्थानीय नागरिकहरुलाई बैंकिङ कारोबारका लागि सहज भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.