पूर्ण खोप वडा घोषणा कार्यक्रम सम्पन्न
हजारी महरा बैतडी जेठ १४ : दसरथचन्द नगरपालिका वडा नं . २ लाई पूर्ण खोप वडा घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले खोप निशुल्क पाईन्छ, खोप सुरक्षित छ र खोपले जीवन रक्षा गर्छ भन्ने नाराका साथ पूर्ण खोप वडा घोषणा गरिएको हो ।
कार्यक्रममा देहिमाण्डौ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका, वडाका जनप्रतिनिधी र सरोकारवालहरुको उपस्थिती रहेको थियो । यस्तै आईपिभी खोप अभियान २०८१ को वडा खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको छ ।
अभिमुखीकरणमा वडाभित्रका २०७३ बैशाख देखी ०७५ असौज सम्म जन्मेका बालवालिकालाई खोप दिईने र यही जेठ १६ गते देखि २१ गते सम्म खोप संचालन गरिने र छुटेका लाई २२ गते दिईने बताएका थिए ।