बैतडी: पुर्चौडी नगरपालिकामा आजबाट बिद्यालय सञ्चालनमा आए
बैतडी–असोज २२ / बैतडीको पुर्चौडी नगरपालिकामा आजबाट बिद्यालयहरु सञ्चालनमा आएका छन । कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएपछि बन्द भएका बिद्यालयहरु आजबाट सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । असोज ७ गतेदेखि सञ्चालनमा आएका विद्यालयहरु नगरपालिका भित्र भारतबाट आएका ब्यक्तिको मृत्यृ भए पछि बन्द भएका थिए । कोरोनाका कारण मृत्यृ भएका ब्यक्तिको सम्र्पकमा आएका सबैको कोरोना रिर्पोट नेगेटिभ आए पछि नगरपालिकामा बिद्यालय पुःन सञ्चालनको निर्णय गरिएको हो । शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम सुरक्षाका आबश्यक मापदण्डहरु अपनाएर जोर बिजोर रोलनम्बरका आधारमा कक्षा सञ्चालन गरिएको हो । पुर्चौडी नगरपालिकामा रहेका ७५ सामुदायिक र ३ संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।