बालबिबाह तथा लागुऔषध दुब्र्यसन न्युनिकारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम
बैतडी : बैतडीमा बालबिबाह, महिला हिंसा, सामाजिक कुरिती तथा लागुऔषध दुब्र्यसन न्युनिकारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपिए)को आर्थिक सहयोग, महिला तथा बालबालिका शाखा पाटनको आयेजनामा बालबिबाह तथा लागुऔषध दुब्र्यसन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्लाको पाटन नगरपालिका स्थित भुमेश्वर मावि ठाड र भिमदत्त बहुप्राविधिक शिक्षालयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको पाटन नगरपालिका सहायक महिला निरिक्षक हरिना ऐडीले जनाकारी दिनुभयो ।
जिल्ला समन्वय समिति सदस्य प्रेम सिहं भाट र इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक सरोज कुमार ठकुरीले प्रशिक्षण गरेको छन् ।
यसैगरी बुधबार पाटन नगरपालिका- १ स्थित कालिका निमावि बिद्यालय सकारमा लिङग पहिचान गरी गरिने गर्भपतन बिषयमा नाटक गरिने जनाएको छ ।