बैतडीमा भन्सार छलिका सामान बरामद
बैतडी जेष्ठ १, २०८१–बैतडीबाट भन्सार छलिका सामान बरामद गरिएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका–८ गोरुचौरा स्थित त्रिपुरा–सेरा सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ७ पेटी सलाई र ३० बन्डल विडी गरि अन्दाजी मूल्य ११ हजार ५ सय बराबरको सामान नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।