बैतडी अस्पतालमा आँखा शिविर सम्पन्न , ५ सय ६५ जनाले सेवा लिए

वैशाख २८, २०८१बैतडी–जिल्ला अस्पताल बैतडीमा दुई दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । शिविरको झण्डै पाच सय भन्दा बढीले सेवा लिएका छन् ।

नेपाल नेत्रज्योती संघ, गेटा आँखा अस्पातल र जिल्ला अस्पातल बैतडीको सहकार्यमा शिविर सञ्चालन गरिएको शिविर संयोजक नरेन्द्रराज बिष्टले जानकारी दिए । शिविरमा २ सय ५१पुरुष र ३ सय १४ जना महिला गरी ५ सय ६४ जनाले सेवा लिएका शिविर संयोजक बिष्टले जानकारी दिए ।

शिविरमा आएकामध्ये मोतीबिन्दुको समस्या देखिएका हरुको शल्यक्रिया गरिएको छ । दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि स्थानीयस्तरमै शिविरमार्फत आँखा सम्बन्धि सेवा दिने गरिएको बिष्टले जानकारी दिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.