बैतडी : पत्रकारमाथि कुटपिट गर्नेलाई कार्बाही गर्न पत्रकार महासघंको माग 

बैतडी–असोज २१/  बैतडीमा पत्रकारमाथी कुटपीट भएको बिषयमा नेपाल पत्रकार महासंघ बैतडीले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक बिज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेको हो ।  रेडियो सेभेनस्टार ९९.२ मेगाहर्जमा कार्यरत पत्रकार केशब राज भट्टमाथि सुर्नया गाउँपालिका २ सतंबाजमा बुधबार कुटपिट भएको थियो । समाचार संकलनमा हिडेका पत्रकार भट्टमाथि एशियन लाईफ ईन्सोरेन्स कम्पनी बैतडीमा कार्यरत तर्कराज भट्ट र बिष्णु भट्टले कुटपिट गरेको बताईएको छ । “कुनै ब्यक्तिको कसैप्रति कुनै पनी कुरामा असन्तुष्टी भएमा कानुनी उपचारको बाटो प्रसस्त हुदाँहुदैँ एक्लो हिडिरहेका बेला  पत्रकारमाथि कुटपिट गरिनु अत्यन्त निन्दनिय  कार्य भएको पत्रकार महासघं ठहर गर्दछ । जिल्ला शाखा सचिब नरी बडुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । यस्तै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कार्बाही गर्न पनी नेपाल पत्रकार महासंघ जिल्ला शाखा बैतडीले माग गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.