मेरो माइक्रोफाइनान्स द्वारा बीमा दावी रकम भुक्तानी
बैतडि चैत ९ : मेरो माइक्रोफाइनान्सले बीमा दावी रकम भुक्तानी गरेको छ। फाइनान्साले दशरथचन्द न.पा.वडा नं ७ एचेकाडा का सदस्य न.०४० जनक राज बडु का हकवाला श्रीमती रेवती बडुलाई मृत्युदावी वापतको चेक हस्तान्तरण गरेका हुन।
दशरथचन्द न.पा.वडा नं ७ का वडा अध्यक्ष हरीदत्त बडु र शाखा प्रबन्धक मोहन देव जोशीले २ लाखको चेक हस्तान्तरण गरको फाइनान्सका कर्मचमरी दामोदर जोशीले बताएका छन्।
मेरो माइक्रोफाइनान्सले दशरथचन्द न.पा.मा ७४ केन्द्र मार्फत ११०० घरधुरीका सदस्यहरुलाई समेत कर्जा तथा बचतका साथै विभिन्न सेवा सिप मुलक तालीम प्रदान गर्दै आइरहेको छ ।