बैतडीः शिबनाथ गाउँपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

बैतडी–असोज २१ / बैतडीको शिबनाथ गाउँपालिकाको गत आर्थिक बर्षको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्ष ०७६÷०७७ मा गरेका विकास निर्माणका कार्यहरुको बारेमा आम गाउँपालिकाका नागरिकहरुलाई अवगत गराउने हेतुले गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महाँ संघ जिल्ला साखा बैतडीको सहजिकरणमा गत आर्थिक वर्ष २०७६÷७७ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको रेडियो बैतडीकर्मि डिआर भट्टले जानकारिदिनुभएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाबाट हुने सेवा प्रवाह तथा विकास निर्माण लगायतका योजनाका बारेमा आम नागरिकहरुलाई सुुचित गराइएको छ । गत आर्थिक बर्षमा गाउँपालिकामा १ सय ८६ ओटा बिकासे योजनाहरु सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । जम्मा ३ सय ६ योजनाहरुमा गत आर्थिक बर्षमा छनौट भएकोमा कोरोना महामारीले गर्दा सबै योजनाहरु सम्पन्न हुन नसकेको गाउँपालिकाका अध्यक्ष कर्ण सिह साउँदले जानकारी दिनुभयो । बाँकी रहेका योजनाहरुलाई क्रमागत योजनाहरुमा राखेर दशै पछि कार्यान्वयनको चरणमा लैजाने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र यतायात संजाल विस्तार, विद्यालयहरुमा पर्याप्त भौतिक संरचना निर्माण, कार्यासम्पदानमा सहजता ल्याउन वाईफाई इन्टरनेट व्यवस्था, लगायत समाजिक क्षेत्रमा पनि कार्यक्रमहरु ग्रिएको छ । गाउँपालिकामा २६ करोड ७ लाख ७ सय बजेट रहेकोमा २३ करोड ९३ लाख ६१ हजार ८ सय ८५ रुपैया खर्च भएको गाउँपालिकाले जनाएको छ । बेरोजगार युवाहरुलाई आत्म निर्भर बनाउन यो वर्ष गाउँपालिकाले कृषि क्षेत्रलाइृ प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ । जनता जनप्रतिनधिको दोहोरो संवाद गराउने उद्देश्य गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँबासिले उठाएको प्रशनको जावाफ र जनताबाट आएका सुझाव समेत संकलन गरिएका छन । शिबनाथ गाउँपालिका अध्यक्ष कर्ण सिह साउँदको अध्यक्षता, जनप्रतिनिधी , पत्रकार, विभिन्न राजनितिक दलका प्रतिनिधि , संघ संस्थाका पदाधिकारि, सुरक्षाकर्मि र स्थानिय नागरिकहरको उपस्थीतमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.