हाम्राे बारेमा
सञ्चार माध्यमलाई अवाज विहिनहरुको अवाज मात्र नभनी विकासका लागि सञ्चार समेत भन्ने गरिन्छ । नेपालको इतिहास हेर्दा अहिले सम्मका आर्थिक भौतिक, राजनितिक तथा सामाजिक विकास र परिवर्तनका लागी सञ्चार माध्यमहरुले समेत अथक भुमिका खेलेको पाइन्छ । देश संघियतामा गइसके पछि नेपाल राज्य पुर्नसंरचना भइ ७ प्रदेश, ७७ जिल्ला र ७५३ वटा स्थानिय तहमा बिभाजित भइ अधिकार सहितको स्थानिय सरकार सबै तहहरुले पाइ सकेको छ । राज्य पुर्नसंरचना संग संगै देशको सामाजिक, आर्थिक, शैक्षिक, भौतिक विकास सहित अन्य विकासका पुर्वाधारहरुले गति लिदै गर्दा विकास संगसंगै सुशासन, पारदर्शिता, जवाफदेहिता, उत्तरदाईत्व र सरोकारवाला सबैको अर्थपूर्ण सहभागिता का लागि सञ्चार माध्यमले अहम भूमिका खेल्नुपर्ने देखिन्छ ।
यसै शिलशिलामा बैतडी मल्टीप्रपोज प्रा.लि. ले रेडियो बैतडी ९५.४ मेगाहर्ज जिल्लामा ५०० वाट प्रशारण क्षमता भएको रेडियो संचालनमा ल्याएको हो । बैतडी जिल्लाका सबै स्थानीयतहहरु सहित छिमेकी ७ वटा अन्य जिल्लाका गरि ४१ वटा भन्दा बढी स्थानीय तहहरु र छिमेकी राष्ट्र भारतका पिथौरागड, धारचुला, चम्पावत लागायतका स्थानहरुमा सहज रुपमा सुनिदै आईरहेको यस रेडियो ले शिक्षा, सुचना, मनोरञ्जन तथा समाचारको निरन्तर प्रवाहबाट आम समुदायको सेवा गर्ने समाज परिवर्तन र विकासमा टेवा पु¥याउने उद्धेश्य सहित यस रेडियोले दशरथचन्द नगरपालिका–२, देहिमाण्डौ बाट २०७६ साल फागुन १३ गते देखि आफ्नो प्रशारण सुरु गरेको हो । परिक्षण प्रसारणमा आम श्रोताहरुको सहयोग र परिक्षण अवधिको सफल्ता पछि नियमित प्रशारण रहेको छ ।
महामारीको रुपमा विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ को प्रभाव र त्यसको असर संगसंगै अन्य चुनौतिहरुको सामना गर्दै समाज रुपान्तरणका लागि हामि निरन्तर सक्रिय भएर लागी रहेका छौं ।
थप जानकारीहरु :
कम्पनीको नाम : बैतडी मल्टीप्रपोज प्रा.लि.
कम्पनी दर्ता र दार्ता मिति : २२६४७३/२०७६ असोज १५
पान नं. ६०९६४२३५५
ठेगाना : दशरथचन्द नगरपालिका–२, देहिमाण्डौं बैतडी
सूचना तथा प्रसारण विभाग प्रसारण शाखा
इजाजतपत्र : १११३
प्रसारणको माध्यम : फ्क्विवेन्सी मोडुलेशन
प्रसारण क्षमता : ५०० वाट
फिक्ववेन्सी : ९५.४ मेगाहर्ज
बैण्ड : एफ.एम. बैण्ड
च्यानल : १
लाईसेन्स : १५७
सम्पर्क फेन नं. ९८६८७८०४५६ कार्यालय
९८४८७१७७०९ समाचार शाखा
ईमेल ठेगाना : [email protected]
वेवसाईट : www.radiobaitadi.com
रेडियो बैतडी सुनिने कार्यक्षेत्रहरु :
सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लाहरू बैतडी, दार्चुला, डडेल्धुरा, कञ्चनपुर, कैलाली, डोटी, अछाम र बझाङ्ग जिल्लाका ४० वटा पालिकाहरू
सि.न. | जिल्ला | सि.न. | पालिकाहरुको नाम |
१ | बैतडी | १ | दशरथचन्द नगरपालिका |
२ | पाटन नगरपालिका | ||
३ | मेलौली नगरपालिका | ||
४ | पुर्चौडी नगरपालिका | ||
५ | शिगास गाउपालिका | ||
६ | सुनर्या गाउपालिका | ||
७ | दोगडाकेदार गाउपालिका | ||
८ | डिलासैनी गाउपालिका | ||
९ | शिवनाथ गाउपालिका | ||
१० | पञ्चेश्वर गाउपालिका | ||
२ | डडेल्धुरा | १ | अमरगडी नगरपालिका |
२ | पर्शुराम नगरपालिका | ||
३ | भागेश्वर गाउपालिका | ||
४ | आलिताल गाउपालिका | ||
५ | गन्यापधुरा गाउपालिका | ||
६ | नवदुर्गा गाउपालिका | ||
७ | अजयमेरु गाउपालिका | ||
३ | कञ्चनपुर | १ | पुर्नवास नगरपालिका |
२ | बेलडाडी गाउपालिका | ||
४ | दार्चुला | १ | महाकाली नगरपालिका |
२ | शैल्यशिखर नागरपालिका | ||
३ | अपिहिमाल गाउपालिका | ||
४ | नौगाड गाउपालिका | ||
५ | मर्मा गाउपालिका | ||
६ | लेकम गाउपालिका | ||
७ | दुहु गाउपालिका | ||
८ | मालिकार्जुन गाउपालिका | ||
५ | बझाङ्ग | १ | विथ्थडचिर गाउपालिका |
२ | केदार स्याउँ गाउपालिका | ||
३ | बुगंल नगरपालिका | ||
४ | छब्बिसपाथीभरा गाउपालिका | ||
६ | डोटी | १ | बडीकेदार गाउपालिका |
२ | दिपायल सिलगढी नगरपालिका | ||
३ | शिखर नगरपालिका | ||
४ | आदर्श गाउपालिका | ||
५ | जोराईल नगरपालिका | ||
७ | अछाम | १ | ढकारी गाउपालिका |
२ | साफेबगर नगरपालिका | ||
८ | कैलाली | १ | गोदावरी नगरपालिका |
२ | चुरेगाउपालिका |